नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय  « Khabarhub

नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद् बैठकलाई जानकारीसमेत दिइएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ५८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति