एउटै चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन | Khabarhub Khabarhub

एउटै चुनाव चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो ।

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरूलाई एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरूले माग गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यालय मुख्य सचिव खगेन्द्र देवकोटाले आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २० बजे

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका