केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित « Khabarhub

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ प्रतिशत मत को चुनावी अभियानले निर्वाचनमा धाँधली भएको आरोप लगाएपछि ढिला गरी मत परिणाम सार्वजनिक गरिएको हो ।

ओडिङ्गाका प्रतिनिधिहरुले चुनावमा ‘अनियमितता’ र ‘अव्यस्था’ भएको आरोप लगाएको बीबीसीले जनाएको छ । पराजित उम्मेदवार ओडिङ्गाका समर्थकले राजधानी नैरोबीसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

विजेता भएको घोषणासँगै सम्बोधन गर्दै रुटोले मुलुकको निर्वाचन आयोगलाई धन्यवाद दिँदै आइन्दा आफू सबै केन्यालीको राष्टपति बन्ने प्रतिबद्धता जनाएका छन् । केन्यामा गत अगस्ट ९ मा निर्वाचन भएको थियो ।

धाँधली भएको भन्दै केन्यामा यसअघिका निर्वाचनका क्रममा हिंसात्मक घटनाहरु समेत हुँदै आएको बताइएको छ ।

बीबीसीका अनुसार सन् २००७ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै हिंसात्मक घटना हुँदा १२ सय जनाको मृत्यु भएको थियो भने ६ लाख भन्दा धेरै विस्थापित भएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ३७ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने