मेगा बैंकले ल्यायो ‘मेगा म्याजिक मुद्दती योजना’ « Khabarhub

मेगा बैंकले ल्यायो ‘मेगा म्याजिक मुद्दती योजना’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमाझ ‘६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ । 

मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने  ग्राहकहरूले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । 

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरूप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन मेगा बैंकले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : ०७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले