३० करोड १६ लाख विद्युत् महसुल संकलन  | Khabarhub Khabarhub

३० करोड १६ लाख विद्युत् महसुल संकलन 


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड १६ लाख विद्युत् महसुल संकलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल संकलन गरेको केन्द्रले जनाएको छ । 

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ । 

केन्द्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरूबाट ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ  । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमी आएको छ । 

नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट तीन करोड चार लाख ९७ हजार असुल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८/७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा ३७ लाख ५० हजार खर्च गरेको छ । 

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८/७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ०८ बजे

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका