कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद् भवनमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्य तालिका सार्वजनिक गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ ।प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ ।

तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ०० बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको