अचानक झापा पुगे ओली « Khabarhub

अचानक झापा पुगे ओली


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घण्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ ।

बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भए लगत्तै एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा पुगेका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृह जिल्ला गएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १२ : ३४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ