नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले « Khabarhub

नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ ।

उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै एमालेले नागरिकता जस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्ने गरी काम नगर्न सरकारलाई सुझाव दिए ।

विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका उनले  विधेयकमाथि सांसदहरूलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे ।

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : २९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको