रुसी गोलाबारीका कारण युक्रेनमा चार जनाको मृत्यु « Khabarhub

रुसी गोलाबारीका कारण युक्रेनमा चार जनाको मृत्यु


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा रुसी गोलाबारीमा चार जनाको मृत्यु भएको छ । रुसी आक्रमणमा अरु २० जना घाइते भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच युक्रेनको पश्चिमी शहर लभिभमा भेटवार्ता हुनु केही घण्टा अगाडी आक्रमण भएको थियो ।

खार्किभमै एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले फेबु्रअरीको अन्त्यदेखि लगातार गोलाबारी गर्दै आएको छ ।

रुसी सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले बताएका छन् ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ३८ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ