अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध | Khabarhub Khabarhub

अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध बनाइएको छ ।

बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौँबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट बागमतीबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरुषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।

सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दे पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लाेकमार्गस्थित पुतली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्साएर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम लोकमार्गमा यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात् सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेली मगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनको रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शाेकमा डुबेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ४९ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती