अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध « Khabarhub

अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध बनाइएको छ ।

बिहीबार बिहान पूर्व-पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौँबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट बागमतीबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरुषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।

सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दे पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लाेकमार्गस्थित पुतली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्साएर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम लोकमार्गमा यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात् सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेली मगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनको रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शाेकमा डुबेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ४९ बजे

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि