अध्यक्ष लम्सालको भिडियो खिचेर दुष्प्रचार गरियो : प्रेस युनियन  | Khabarhub Khabarhub

अध्यक्ष लम्सालको भिडियो खिचेर दुष्प्रचार गरियो : प्रेस युनियन 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको जनाएको छ ।

युनियन महासचिव दिलीप पौडेलले बिहीबार विज्ञप्ति निकालेर गत ३१ असारको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष लम्सालको  नियोजित रूपमा मानमर्दन गर्ने गरी वास्तविक घटनालाई अतिरञ्जित गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै युनियनले खेद व्यक्त गरेको छ ।

‘काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रूपमा गरेको दुर्व्यवहार निन्दनीय छ । लम्सालको घर नजिकै रेष्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुर्‍याएको अवरोध हटाउँदा रेष्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो। लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ५२ बजे

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका