पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्छु : प्रशिक्षक हुमागाईं | Khabarhub Khabarhub

पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्छु : प्रशिक्षक हुमागाईं


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आफूले पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्ने बताएका छन्।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले आफूलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफूले त्यसलाई सदुपयोग गर्ने बताएका हुन् ।

हुमागाईंले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए। १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाको लागि फर्किएको उनको भनाइ छ ।  त्यस्तै उनले आफू नेपाली फुटबलको अहिलेको समस्याको बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रूपमा राखेको जिकिर गरे। बंगलादेशसँगको खेलका लागि ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफूले कुरा गरेको उनले जानकारी दिए।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईंलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईंलाई नियुक्त गरिएको जानकारी दिए।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ३० बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे