देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी « Khabarhub

देशभर उम्मेद्वार खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा उम्मेद्वारी दिने इच्छा भएका व्यक्तिलाई फर्म भर्न आव्हान गरेको छ ।

विहीबार काठमाडौँमा रहेको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त पार्टीले देशभरका इच्छुक नागरिकलाई फर्म भर्न आव्हान गरेको हो ।

पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको परिवारको नजिक हुनेले मात्र निर्वाचनमा टिकट पाउने, मिडियामा पहुँज हुनेको उम्मेदवारी मात्र चर्चित हुने भन्दै स्वतन्त्र पार्टीले राजनीतिक सोच भएका सबैलाई साथ दिने बताएको छ ।

पैसा हुने नहुने, पहुँच हुने नहुने जो कोहीले पनि क्षमता योग्यता इमान्दारिताका आधारमा चुनाव लड्ने पाउँने वातावरणको सिर्जना गर्नका लागि र्फम भर्न आव्हान गरिएको स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा गएर फारम भर्न सकिने छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : ५१ बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु