कांग्रेसद्वारा भदौ १० देखि २४ सम्म चुनावी अभियानको घोषणा « Khabarhub

 कांग्रेसद्वारा भदौ १० देखि २४ सम्म चुनावी अभियानको घोषणा


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ । 

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो । पहिलो चरणको अभियान भाद्र १० देखि बीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

 अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी निर्वाचनमा गठबन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताए । गठबन्धनमा सिट बाँडफाँड टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको उनले बताए ।

प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए । उनले यसअघिको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन र अहिले फिर्ता गर्दा पनि ठोस कारण दिन नसकेको तर्क गरे ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सूचित गर्ने जनाएको छ भने निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : १६ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२