यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कारक पुनलाई « Khabarhub

यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कारक पुनलाई


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ ।

साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको चौथौ स्मृति दिवसका अवसरमा दाहाल यज्ञनिधि सुधार सदनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार ग्रहणपछि पुनले राष्ट्रको अस्तित्व जोगाउनका लागि सबै लाग्नुपर्ने बताए । मातृभूमिलाई जोगाउनका लागी भनेर मात्रै केही नहुने र अर्थतन्त्र सुधार गर्नुपर्ने उनले बताए ।

दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : २८ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२