७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ | Khabarhub Khabarhub

७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको दमौली बजारबाट एक इञ्जिनीयर रु ७५ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

“निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ”, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, “पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।”

विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ ।

केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो । उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए ।

इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : २६ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका