लागुऔषधसहित विमानस्थलबाट एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित विमानस्थलबाट एक जना पक्राउ


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई आज यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन)सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रनाउ घर्तीले बताए ।

उनी नेपालगञ्जबाट काठमाडौँ यति एयरको जहाजबाट जाँदै थिए । दुई प्लास्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : १६ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा