काँग्रेस नेता प्रदीप गिरीको निधन | Khabarhub Khabarhub

काँग्रेस नेता प्रदीप गिरीको निधन


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।

७५ वर्षीय नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको काँग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।

गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो।

सिराहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता थिए।

पिताबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आवद्ध भए। नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताए। कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय छन्।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५४ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको