कांग्रेस नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त « Khabarhub

कांग्रेस नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् ।

गिरीको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवङ्गत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गए राति प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ४८ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई