प्रदीप गिरीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त « Khabarhub

प्रदीप गिरीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

प्रचण्डले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताएका हुन्।

गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि जनाएका छन् ।

शनिबारमात्रै प्रचण्डले गिरी उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । नेता गिरीको शनिबार राति निधन भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ५४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले