गिरिको विचारलाई अनुसरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

गिरिको विचारलाई अनुसरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।

स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केही बेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका उनले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रूपमा स्थापित भएका र उनको विचारलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए। “प्रजातान्त्रिक शक्ति र वामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मसात् गरिएका  कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो,”– उनले भने ।

कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्न सक्ने तर्कशील नेता गिरि भएको बताए । “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्न सक्ने गिरिको क्षमता थियो,”– उनले भने ।

नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।  गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुगेका छन्।यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।

भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९.३० बजे निधन भएको हो । गिरिको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा  त्यसपछि  दिउँसो २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएको छ ।

पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिराहा १ बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ०६ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट