पहिरोपीडितको आवास निर्माण कार्य अन्तिम चरणमा « Khabarhub

पहिरोपीडितको आवास निर्माण कार्य अन्तिम चरणमा


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ अर्खलेगाउँका पहिरोपीडितका लागि आवास निर्माण कार्य अन्तिम चरण पुगेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि पहल गरी काम थालिएको हो ।

संघ सरकारसंग समन्वय गरी आवास निर्माणको काम भइरहेको छ । एउटा घर साढे ७ लाख रुपैयाँमा निर्माण हुँदै छ । जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख ५० हजार बजेटको व्यवस्था छ । सोही अनुसार किस्ताकिस्तामा भुक्तानी भइरहेको छ । यसमा संघको ५० प्रतिशत, प्रदेशको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट छ ।

दशैं अगाडि घर निर्माणको काम सकिने र पीडितले नयाँ घरमा बस्न पाउने गाउँपालिकाले जनाएको छ । अर्खले गाउँमा १८ घर छन् । सबै घर जोखिममा परेपछि लाम्पाटा बगरमा ११ घर निर्माण भइरहेको छ । ६ घर अर्खलेबेंसीमा निर्माण भइरहेको छ । एउटा घर बाहुनडाँडामा बन्ने चरणमा छ ।

गाउँमुनिबाट पहिरोले च्याप्दै आएपछि स्थानान्तरणका लागि घर निर्माण भइरहेको छ । अर्खलेबेंसी र अर्खलेबेंसी पारी मर्स्याङ्दी गाउँपालिका ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

नयाँ घर निर्माण अन्तिम अवस्थामा पुगेको र छिट्टै गाउँबासीलाई स्थानान्तरण गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । अर्खले गाउँमा २०७७ सालदेखि पहिरो खसेको थियो । गाउँमुनिबाट पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो। उनीहरु वडाको सहयोगमा तत्काल विद्यालय र वरपर त्रिपाल टाँगेर बसेका थिए ।

१०० बढी नागरिक अस्थायी रुपमा विस्थापित भएका थिए । हालपनि उनीहरु आफन्तको घर, धन्सारमा बस्दै आएका छन् । गाउँमा पहिरोले समस्या पारेपछि २०७५ सालमै घरमा नबस्न नागरिकलाई भनिएको वडाका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार दीर्घकालीन रुपमा सर्न नमानेपछि सतर्कता अपनाउन वडा, पालिकाले अनुरोध गर्दै आएको थियो ।

त्यसअघि २०५८ सालमा गाउँ वरपर ठूलो पहिरो आएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४५ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ