प्रदीप गिरिको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त  « Khabarhub

प्रदीप गिरिको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएको उपराष्ट्रपति पुनको शोक वक्तव्यमा उल्लेख छ ।

प्रदीप गिरी भौतिक रूपमा बिदा हुनु भए पनि उनको विचार र देशको लागि पुर्‍याउनु भएको योगदानले सधैँ बाँचिरहने बताएका उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ३५ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको