मधेशमा अब नागरिकताको समस्या रहँदैनः प्रचण्ड « Khabarhub

मधेशमा अब नागरिकताको समस्या रहँदैनः प्रचण्ड


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा सोमबार स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नागरिकताको समस्या अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको जानकारी दिए ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उनले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले संविधानमा आवश्यक संशोधन हुने बताए ।

तराई मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करीब रु दुई अर्बको विशेष प्याकेज ल्याउन लागेको छ, त्यसबाट मधेशले ठूलो फड्को मार्ने उनको दाबी थियो । उनले मधेशको विकास बिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिने र यस विषयमा गम्भीर छलफल भएको बताए ।

त्यस्तै अध्यक्ष दाहालले मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ५२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन