वन मन्त्रालयमा नमुनाको काम गर्छु : वनमन्त्री यादव « Khabarhub

वन मन्त्रालयमा नमुनाको काम गर्छु : वनमन्त्री यादव


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताएका छन् ।

आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू विकासको बाधक नभएको बताए ।

‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जतिदिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु,’ उनले भने ।

यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको बताए ।

‘रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्‍यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन्, मन्त्री यादवले थपे, ‘हामी गाली सहेर भए पनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।’

मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता जनाए ।

वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ४८ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट