चेल्सीविरुद्ध लिड्सको सानदार जित « Khabarhub

चेल्सीविरुद्ध लिड्सको सानदार जित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडसँग चेल्सी पराजित भएको छ ।आइतबार राति भएको खेलमा चेल्सीले लिड्ससँग ३–० को लज्जास्पद हार बेहोरको हो ।

लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।३७ औं मिनेटमा मोरेनोले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ६९ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई ३–० को जित दिलाए ।

८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै लिड्स दोस्रो स्थानमा उक्लिएको छ ।लिड्सले ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना