नेदरल्यान्ड्सविरुद्धको सिरिज पाकिस्तानद्वारा क्लिन स्विप | Khabarhub Khabarhub

नेदरल्यान्ड्सविरुद्धको सिरिज पाकिस्तानद्वारा क्लिन स्विप


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले तेस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।

नेदरल्याण्डको रोटरड्याममा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ९ रनले विजयी भएको हो । जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका टप कुपरले १ सय ५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । नसिम शाहले ओडिआई करिअरको पहिलो पटक पाँच विकेट लिएका हुन् । मोहम्मद वासिम जुयिनरले ४ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा अलआउट भएर २ सय ६ रन बनाएको थियो ।

उसका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद नवाजले २७ तथा फकर जमानले २६ रन बनाए । आगा सलमानले २४ रन बनाए । मोहम्मद वासिमले ११ रन बनाए ।

नेदरल्याण्डका लागि बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए । आर्यान दत्त,शारिज अहमद र लोगान भान विकले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : १२ बजे

कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान

धनगढी– कैलालीको खुटिया नदीमा पौडी खेल्न गएका चारजना साथीको एकै

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र