अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु « Khabarhub

अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ । नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिए पनि त्यसको विपरीत पसल सञ्चालन गरिएपछि महानगरले पसलहरू हटाउन सुरु गरेको हो ।

पहिलो चरणमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह काठमाडौँको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए । भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिए पनि त्यस विपरीतको कार्य भएको महानगरले जनाएको छ । प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

उनले अन्य स्थानमा पनि प्रयोजन विपरीत राखिएका पसलहरू हटाउने बताए। संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारीहरूले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ४२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना