अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु « Khabarhub

अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ । नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिए पनि त्यसको विपरीत पसल सञ्चालन गरिएपछि महानगरले पसलहरू हटाउन सुरु गरेको हो ।

पहिलो चरणमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह काठमाडौँको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए । भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिए पनि त्यस विपरीतको कार्य भएको महानगरले जनाएको छ । प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

उनले अन्य स्थानमा पनि प्रयोजन विपरीत राखिएका पसलहरू हटाउने बताए। संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारीहरूले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ४२ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव