राष्ट्रियसभाबाट पनि शोक प्रस्ताव पारित   | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट पनि शोक प्रस्ताव पारित  


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभाले प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिराहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिराहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाको अर्काे बैठक १२ भदौ आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ०२ बजे

भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिँदै 

लुम्बिनी– सुकुम्बासी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोगले

कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

कञ्चनपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७