भारतमा जारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु « Khabarhub

भारतमा जारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भारतको उत्तरी र पूर्वी भू–भागमा जारी वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

पहाडी राज्यहरू हिमाचल प्रदेश, र उत्तराखण्ड, पूर्वी राज्यहरु उडिसा, झारखण्ड र भारत–प्रशासित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको भारतीय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यस पहिरोमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन् । त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । त्यहाँ कतिपय विदेशी पर्यटकहरु फसेको बताइएको छ । उनीहरुको उद्धार जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्गजस्ता भौतिक संरचना नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ ।

बाढीपहिरोका कारण फसेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : ४९ बजे

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा