प्रचण्डले बुझे छानबिन कार्यदलको प्रतिवेदन  | Khabarhub Khabarhub

 प्रचण्डले बुझे छानबिन कार्यदलको प्रतिवेदन 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका अन्तर्घातबारे केन्द्रीय समितिले गठन गरेको छानबिन कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार बुझ्दै अध्यक्ष प्रचण्डले पार्टी अनुशासनविपरीत कार्य गर्नेलाई सुझावका आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

पार्टी मुख्यालयमा पेरिसडाँडामा प्रतिवेदन बुझेका प्रचण्डले कार्यदलले निष्पक्ष, पूर्वाग्रहबिना सुझाव दिएको आफूले विश्वास गरेको भन्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए । 

स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै कार्यदलले निष्कासन, निलम्बन र चेतावनीको कारबाही गर्न दिएको सुझावलाई आफूले मनन गरेको प्रचण्डको भनाइ छ । 

टंक राईको नेतृत्वका गठित छानविन कार्यदलले देशभरका आरोपित नेता कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन बुझ्दै प्रचण्डले अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी निर्माण नहुने बताए । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : ५६ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत