यातायातको पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या | Khabarhub Khabarhub

यातायातको पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको स्याउ बजार पुर्‍याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझनापलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ’, उनले भने ,’भारी बोकेर कर्णाली राजमार्ग पुर्‍याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ ।’

कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पुर्‍याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिए । सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान समस्या रहेको रास्कोट नगरपालिका–८ फुकोटका किसान पुष्पराज बरालले बताए । ‘बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौँ ।’उनले भने, ‘हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो’ ।

कृषक बरालले भने, ‘यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ । कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ ।’ किसाले उत्पादन गरेको स्याउ बिक्रीका  लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ ।’ उनले भने ,’यहाँको स्याउ विशुद्ध प्राङ्गारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन ।’  

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ०४ बजे

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ ।

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?

काठमाडौं– हरेक वर्ष उखु किसान काठमाडौँ आएर धर्ना नबसेसम्म सरकारले

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 

बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र