हिमालयन बैंक र कान्ति बाल अस्पतालबीच सम्झौता « Khabarhub

हिमालयन बैंक र कान्ति बाल अस्पतालबीच सम्झौता


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको छ । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरूबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका परिवार-आफन्त तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ४३ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले