सुदूरपश्चिममा ‘गौरा महोत्सव २०७९’ हुने « Khabarhub

सुदूरपश्चिममा ‘गौरा महोत्सव २०७९’ हुने


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महाेत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो । 

काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुष, रहनसहनको प्रचार- प्रसार, पर्यटन प्रवर्द्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गारौ पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ ले बताए । 

कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रवर्द्धन, ९ वटै जिल्लाका कलाकारहरूका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रवर्द्धन, लोक सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यस्तै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १११, दोस्रो हुनेलाई १७ हजार १११, तेस्रो हुनेलाई ११ हजार १११ र सान्त्वना ५ हजार १११ पुरस्कार रहेको रावतले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४० बजे

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक