कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते | Khabarhub Khabarhub

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएका छन् । सँगै रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन् ।

हराएको गोरु खोज्न गएका बेला नगरपालिका–२ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टलेबताए

दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए।

‘हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पु¥यायौँ,’ उनले भने, ‘दुर्गाको घाँटीमा गम्भीर चोट लागेको छ । उहाँको शरीरको भित्री भागमा समेत चोट लागेको छ ।’ जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ३४ बजे

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण