खेलाडीहरुले गरे स्पोर्टस क्लाइम्विंग | Khabarhub Khabarhub

खेलाडीहरुले गरे स्पोर्टस क्लाइम्विंग


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन् । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन् ।

राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा विभिन्न खेलका खेलाडीहरुलाई क्लाइम्विंग अभ्यास गराइएको थियो । सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । यस अन्तर्गत पहिलो दिन आइतबार प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको आयोजक एकेडेमीका अध्यक्ष कल्पना महर्जनले जनाइन् ।

खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको कल्पनाले जनाइन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५० बजे

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण