लागूऔषधसहित व्यापारी पक्राउ « Khabarhub

लागूऔषधसहित व्यापारी पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा लागूऔषधसहित एक व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो।

त्यसपछि उनले लुकाई छिपाई राखेको १ किलो लागूऔषध चरेस फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : १० बजे

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम