लागूऔषधसहित व्यापारी पक्राउ « Khabarhub

लागूऔषधसहित व्यापारी पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा लागूऔषधसहित एक व्यापारी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह रहेका छन्। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो।

त्यसपछि उनले लुकाई छिपाई राखेको १ किलो लागूऔषध चरेस फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सिंहलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार