एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना « Khabarhub

एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाहरूको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको भन्दै बैंकद्वारा सञ्चालन गरेको  उक्त कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने बैंकको अपेक्षा छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसङ्घका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  २ : ३७ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका