बिमानस्थलबाटै बीर पुगेका सीके राउतले भने–अब जनमत पार्टीले रेशम चौधरीलाई छुटाउँछ | Khabarhub Khabarhub

बिमानस्थलबाटै बीर पुगेका सीके राउतले भने–अब जनमत पार्टीले रेशम चौधरीलाई छुटाउँछ


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनमत पार्टीका अध्‍यक्ष डा.सी के राउतले वीर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीको स्वाथ्यअवस्थाबारे जानकारी लिएका छन् ।

दुई साता विदेश भ्रमणबाट स्वदेश फर्किएका राउतले त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेका हुन् । भेटमा उनले अब रेशम चौधरीका लागि जनमत पार्टी लड्ने समेत आश्वासन दिए । उनले उपचाररत चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै चौधरीलाई जेलबाट छुटाउन अब जनमत पार्टी लाग्ने बताएका थिए ।

त्यस्तै डा. राउतले अस्पतालमा उपचाररत रहँदा चौधरीलाई साङ्लोले बाँधिएको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए ।  यसअघि सरकारले चौधरीलाई नेल लगाएपछि समाजवादी पार्टीका अध्‍यक्ष बाबुराम भट्टराईले अस्पताल पुगेर भेटघाट गरेका थिए भने विभिन्न मानव अधिकारवादीहरु समेत पुगेर घटनाको बारेमा जानकारी लिँदै जेलमा जस्तो नेल लगाइनुको विरोध गरेका थिए ।

साङ्लोले बाधिएको अवस्थामा उपचार गराइरहेको चौधरीका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा साङ्लो फुकाल्न लगाइएको थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : १६ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’