जनकपुरधाममा ‘भारत गौरव पर्यटक रेल’ आउँदै « Khabarhub

जनकपुरधाममा ‘भारत गौरव पर्यटक रेल’ आउँदै


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ डिब्बा थिए ।

त्यति बेला भारतको सङ्घीय राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए । प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए ।

रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बीर कोरिएका थिए । रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो ।

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए। झाका अनुसार यहाँ आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रुको बुकिङ भइरहेको छ । बुकिङ पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुनेछ ।

रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम् जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न विसं २०७९ असारमा आइपुगेको धार्मिक यात्रालाई निरन्तरता दिन आफूले पहल गरेपछि ‘भारत गौरव पर्यटक रेल’ फेरि आउने निश्चित भएको महाप्रबन्धक झाले बताउनुभयो । अन्तर्राष्ट्रिय सीमा पार गरी समग्ररूपमा पर्यटनको प्रवद्धन गर्ने उद्देश्यले नेपालमा दोस्रो पटक रेल आउन लागेको हो ।

महाप्रबन्धक झाका अनुसार आइसकेपछि धार्मिक पर्यटकले जनकपुरधामस्थित जानकी मन्दिर, गङ्गा आरती, धनुषाधाम, मनीमण्डप, सङ्कटमोचनलगायत धार्मिकस्थलको दर्शन गर्नेछन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले पहिलो पटक जसरी ‘भारत गौरव पर्यटक रेल’ मा भारतीय यात्रुले धार्मिक लाभ लिने बताए । उनका अनुसार दोस्रो पटक भारत गौरव पर्यटक रेल आउनु ठूलो सौभाग्यको कुरा हो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ४० बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष