पोखराका भूमिहीनलाई निस्सा वितरण | Khabarhub Khabarhub

पोखराका भूमिहीनलाई निस्सा वितरण


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका भित्र रहेका भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु भएको छ । वडा नम्बर २५ को क्रान्तिटोलबाट निस्सा वितरण सुरु गरिएको हो ।

त्यहाँका २ सय ४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले निस्सा पाएका पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताए ।

‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ पोखरेलले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’

विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको उनले बताए । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को ठाउँमा उचित ब्यवस्थापन गरिने उनको भनाइ छ ।

मेयर आचार्यले स्थानीय तहको निर्वाचनमा भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता अनुसार काम सुरु भएको बताए । ‘निर्वाचनमा प्रतिबद्धता जनाएका थियौं । अहिले काम नै सुरु भयो,’ उनले भने, ‘जनताका सामू गरिएका प्रतिबद्धता पूरा हुने चरणमा छ ।’

पोखरा महानगरपालिमा १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन गरिएको जिल्ला समिति कास्कीले जनाएको छ ।

चुनावका बेला आचार्यले सुकुम्बासीलाई बहुतले घर बनाएर व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका थिए । कास्की जिल्लाभर ३० हजारको हाराहारीमा भूमिहीन सुकुम्बासीहरुको बसोबास रहेको अनुमान छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ५१ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक