जुम्ली किसानलाई स्याउ टिप्न चटारो | Khabarhub Khabarhub

जुम्ली किसानलाई स्याउ टिप्न चटारो


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए। बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ ।

उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।’

उनले पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएको बताए ।

स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताए । अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले अर्डरअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् ।

कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् । एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोवार भएकोे तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको बताइएको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार राम्ररी पाकेको स्याउ मात्र खरिद गर्ने व्यापारीलाई अनुरोध गरिएको । विशेषगरी कर्णाली राजमार्गअन्तर्गत स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन् । ढुवानीमा सहज हुनेभएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ सङ्कलन र बिक्रीमा रोक लगाएका थिए । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा किसान स्याउ खेतीमा लागि परेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ४३ बजे

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा