भारतमा दश हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए « Khabarhub

भारतमा दश हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार चार सय सय ४२ जना रहेका छन् ।

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा दश हजार छ सय ७७ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४४ हजार तीन सय एक जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६ भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच पाकिस्तानमा २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दुई सय ७८ जना कोभिड–१९ नयाँ सङ्क्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

नयाँ सङ्क्रमित थपिएपछि देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६७ हजार एक सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ शुरु भएबाट हालसम्म यहाँँ सङ्क्रमणको कारण कुल ३० हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : ४९ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’