बंगलादेशको जीतमा शकिव हिरो | Khabarhub Khabarhub

बंगलादेशको जीतमा शकिव हिरो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तालाई पराजित गरेको छ ।

साउथह्याम्पटनमा भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेश विजय भएको हो । द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटियो ।

अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान गुल्बादीन नाइबले ४७ रन जोडे ।

त्यस्तै रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसन हिरो बने । उनको किफायती बलिङ गरे ।

अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । योसंगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बने ।

त्यस्तै शकिब एकै विश्वकपमा शतक र ५ विकेट पनि लिने तेस्रो खेलाडी बनेका छन् । उनि एकै खेलमा अर्धशतक र ५ विकेट लिने दोस्रो खेलाडी समेत बनेका छन् । यस्तै बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहिमले ८३ रन जोड्दा हसनले ५१ रन बनाए ।

यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए । गुल्बादीन नाइबले २ विकेट लिए ।

जितसंगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । तेस्रो जितसंगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ३७ बजे

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

बोगोटा- कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

संसदको गतिरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग के भने ?

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख