दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना गरिने « Khabarhub

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना गरिने


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना हुने भएको छ ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा दुईसय ५६ भन्दा बढी खेलाडीको सहभागिताको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोजक क्लबमै हुने उक्त प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई लाख ५१ हजार, रु एक लाख ११ हजार र रु ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एक सय ४७ अङ्क ब्रेक गर्नेलाई रु १० लाख, सेञ्चुरी ब्रेक गर्नेलाई रु एक लाख एक हजार र ८० अङ्कसम्म ब्रेक गर्नेलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही रु ११ हजार नगद पुरस्कार दिइनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ०४ बजे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य