नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु  « Khabarhub

नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिता एवं चौथो जिल्लास्तरीय कराते प्रतियोगिता सुरु भएको हो । जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनौट हुने छन् । एकैदिनमा प्रतियोगिता नसकिएका कारण छनौट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्ने छ । जिल्लास्तरिय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत  खोटाङबाट १४ विद्याका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन् । त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनौट भइसकेको छ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने छनौट प्रतियोगिताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनौट हुने खेलकुद विकास समितिले जनाएको छ । यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ३१ बजे

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ