भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन « Khabarhub

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पूर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट सङ्कलन गरेको छ । पुँजीगत लाभकर दस्तुरबाट मात्रै ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयले सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत ५४ लाख २३ हजार ९१४ सङ्कलन गरेको कार्यालय प्रमुख विकले जानकारी दिए । त्यस्तै फारम र पूर्जा बिक्रीबापत १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड, जरिवानाबाट १५ हजार ९०० र धरौटी सदर र स्यहार राजस्व शीर्षकबाट १२ हजार ९२३ सङ्कलन भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख विकको भनाइ छ ।

भूमि प्रशासन कार्यालयले ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता कायम गरेको छ ।

कार्यालय प्रमुख विकले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुनेगरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ११ : ०० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या