अवैध संरचना भत्काएपछि कमल थापाले गरे बालेन्द्र शाहको प्रशंसा  « Khabarhub

अवैध संरचना भत्काएपछि कमल थापाले गरे बालेन्द्र शाहको प्रशंसा 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् ।

काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहरा भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् । ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

शाहको कार्यले तत्काल केही असुविधा भए पनि दीर्घकालमा सबैलाई फाइदा हुने उनले बताएका छन् । ‘तत्काल केही असुविधा भए पनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं,’ थापाले भनेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ३७ बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।