प्रभु बैंक र सीता प्यालेस होटेलबीच सम्झौता  « Khabarhub

प्रभु बैंक र सीता प्यालेस होटेलबीच सम्झौता 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटेलबीच सम्झौता भएको छ । विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख  मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटेलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले सीता प्यालेस होटेलद्धारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

उतm सम्झौताअन्तर्गत सीता प्यालेस होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सीता प्यालेस होटलका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । उक्त सम्झौताबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १२ : ४६ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक