सप्तरीमा एक हजार बढीले बुझाए स्पष्टीकरण « Khabarhub

सप्तरीमा एक हजार बढीले बुझाए स्पष्टीकरण


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । कानुनले तोकेको ३० दिनको अवधिमा दुई सय ४६ ले मात्र निर्वाचन खर्च विवरण बुझाएकामा स्पष्टीकरण बुझाउने एक साताको अवधिमा एक हजार तीन सय ६६ उम्मेदवारले स्पष्टीकरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम दिन मङ्लबार अबेर रातिसम्म एक हजार ५९ जनाले स्पष्टीकरण बुझाएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए । ‘अन्तिम दिनको समेत गरेर एक सातामा एक हजार तीन सय ६६ उम्मेदवारले स्पष्टीकरण बुझाए’ , निर्वाचन अधिकारी जोशीले भने, ‘भीडका कारणले अन्तिम दिन स्पष्टीकरणपत्र बुझ्ने काम मात्र भयो, आज फायलिङ्ग गरी व्यवस्थित गर्न लागेका छौँ ।’

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरीमा कुल आठ सय ५६ पदका लागि पाँच हजार पाँच सय ३५ जनाले उम्मेदवारी दिएका थिए । खर्च विवरण बुझाउनका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना सार्वजनिक गर्दा र ताकेता गर्दासमेत् खर्च विवरण बुझाउन नआउनेहरू अहिले एक साताको समयावधिमा लाम लाएर स्पष्टीकरण बुझाउन आएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले बताए ।

खर्च विवरण नबुझाउने र ढिलो बुझाउनेलाई निर्वाचन आयोगले साउन ३१ गते एक साताको समय दिएर स्पष्टीकरणसहितको प्रेस विज्ञप्ति जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयले भदौ १ गते एक साताको समयावधि दिएर उम्मेदवारसँग स्पष्टीकरण सोधेको थियो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ । निर्धारित समयमा दुई सय ४६ जना र साउन मसान्तसम्ममा चार सय ८४ जनाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा देखिन्छ । 

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को दफा १ ले अधिकतम हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

सोही दफाको उपदफा २ मा कुनै निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यही पेश भएको विवरणमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले उम्मेदवारलाई त्यही गरेको खर्च बराबरको रकम वा रु पाँच लाखमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्छ । 

सोही दफाको उपदफा ३ मा भने जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुुन अयोग्य घोषित गर्न सक्ने छ । सोही दफाको उपदफा ५ मा आयोगले उपदफा ३ बमोजिम निर्णय गरेकामा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुने व्यवस्थासम्म छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ५ : ०५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम